Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रवि लामिछाने पक्राउ परे कार्यकर्ता उतार्ने रास्वपाको तयारी





काठमाडौँ ।
पार्टी सभापति रवि लामिछाने पक्राउ परे पोखरामा कार्यकर्ता उतार्ने तयारी रास्वपाले गरेको छ । रास्वपा उच्च स्रोतले दिएको जानकारी अनुसार सभापति लामिछानेलाई पक्राउ गरेर पोखरा पु¥याए कास्की जिल्ला समितिले उतै प्रतिवाद गर्ने तयारी गरेको छ ।
यसका लागि केन्द्रीय कार्यालयबाट अनौपचारिक रूपमा पनि कुनै सर्कुलर जारी भने नगरिएको स्रोतको दाबी छ । ‘हामीले कुनै सर्कुलर जारी गरेका छैनौँ‚’ ती नेताले भने‚ ‘कार्यकर्ता जम्मा हुन्छन् भनेर जिल्लाबाट फोन आइरहेको छ । पार्टी सभापति पक्राउ पर्दा स्वतः स्फुर्त कार्यकर्ता जम्मा हुन्छन् नै ।’
ती नेताले केन्द्रीय कार्यालयमा पनि कार्यकर्ताहरूलाई बोलाइएको छैन । ‘कानुन सबैले मान्नुपर्छ । पक्राउ गरिहाले त्यसपश्चात् कसरी अघि बढ्ने निर्णय होला‚’ उनले थपे‚ ‘अहिले कुनै हतारो छैन । हामी उपलब्ध नेताहरू पार्टी कार्यालय तिरै छौँ ।’ ती नेताका अनुसार अहिले केन्द्रीय कार्यालय वनस्थलीमा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेसहित सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी‚ सुमना श्रेष्ठ लगायत केन्द्रीय नेताहरू उपस्थित रहेका छन् । अघिल्लो पटक रविलाई पक्राउ गर्ने हल्ला चल्दा पार्टीले राजधानी काठमाडौँमा उपलब्ध नेता कार्यकर्तालाई केन्द्रीय कार्यालयमा प्रतिवाद गर्न भन्दै बोलाएको थियो ।