

जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ बसहिया माटोको ढिस्कोमा पुरिएका ५ जना बालिका तथा महिलाको उद्धार गरिएको छ । दिपावलीमा घरको सरसफाई तथा रंगरोगनका लागि माटो लिन गएका उनीहरु माटोको ढिस्कोमा पुरिएका थिए ।
माटोको ढिस्कोमा बसहियाकै ३० वर्षिया रिता देवी, ३५ वर्षिया निर्मला दास, चाँदनी मुखिया १२, ८ वर्षिया मेघा मण्डल र ६ वर्षिया कल्पना मण्डल पुरिएका थिए । पाँचै जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उद्धार गरिएकाहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भईरहेको छ भने ६ वर्षिया कल्पनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
