Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

टिआरसीको सर्च कमिटीलाई पूर्णता दिन प्रमुख ३ दल सहमत





काठमाडौं ।
सत्य निरुपण र वेपत्ता आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिन प्रमुख तीन दल सहमत भएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनबारे छलफल भएको छ । संसदले टीआरसी विधेयक संशोधन भइसकेपनि दुबै आयोग पदाधिकारीविहीन छन् ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति समेत गठन भएको थियो । तर राष्ट्रिय मानवअधिकार आयोगले सदस्य नपठाएपछि सिफारिस समिति (सर्च कमिटी)ले पूर्णता पाउन सकेको थिएन । तीन दलका शीर्ष नेताहरुबीच सर्च कमिटीलाई पूर्णता दिने सहमति भएको छ । ‘अब सरकारले आयोगले सदस्य पठाउन आग्रह गर्छ’, छलफलमा सहभागी माओवादी उपमहासचिव शक्ति बस्नेतले भने । महान्यायाधिवक्ता रमेश बढालले पनि प्रक्रिया अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको जानकारी दिए ।