Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संयुक्त राष्ट्र संघको अडानः शान्ति सेना हटाउँदैनौँ





काठमाडौं ।
संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानबाट शान्ति रक्षक सैनिक नहटाउने बताएको छ ।
यूएन पिसकिपिङ अपरेशन्सका प्रमुख न्या पियरे लेक्रोइक्सले न्यूयोर्कमा पत्रकारहरुसँग कुरा गर्दै युनाइटेड नेशन्स इन्टरिम फोर्स इन लेबनान (यूनिफिल)ले आफ्नो सैनिक नहटाउने बताएका हुन् । यो निर्णयप्रति राष्ट्रसंघ सुरक्षा परिषद् र मिसनमा आर्थिक सहयोग गर्ने देशहरुको समर्थन रहेको उनले बताए ।
जबकी इजयरालले शान्ति रक्षक सैनिक हटाउन राष्ट्रसंघलाई आग्रह गर्दै आएको छ । राष्ट्रसंघ, सीमा क्षेत्रमा सुरुङ बनाउन र रकेट तथा मिसाइल जस्ता हतियार राख्ने काममा हिन्बुल्लाहलाई रोक्न असफल भएको इजरायलको आरोप छ ।
आइतबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सैनिक हटाउन कडा चेतावनी दिएका थिए भने सोमबार आधार शिविरमा जबरजस्ती प्रवेश गरेको थियो ।