Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसका ३३ पालिकाका शिक्षकले चाडबाडमा पनि पाएनन् तलब भत्ता

धनुषाको जनकपुरधामसहित ९ पालिकाले बाँडेन तलब





जनकपुरधाम ।
देशभरका ३९ वटा स्थानीय तहले शिक्षकहरूलाई तलब तथा चाडपर्व भत्ता नदिएको पाइएको छ ।
मासिक रूपमा तलब भत्ता उपलब्ध गराउने सरकारको नाराको खिल्ली उडाउँदै ती पालिकाहरूले शिक्षकहरूलाई साउनदेखिको तलब भत्ता उपलब्ध नगराएका हुन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अनुसार १२ जिल्लाका ३९ वटा पालिकाले संघीय सरकारले पठाएको पैसा समेत तलब नदिई रोकेका हुन् । सबैभन्दा बढी मधेस प्रदेशका स्थानीय तहहरूले तलब भत्ता नपाएको देखिन्छ । मधेसको ३३ पालिकाका शिक्षकहरुले तलब भत्ता पाएका छैनन् ।
सङ्घीय सरकारबाट उपलब्ध सशर्त अनुदान अनुसार स्थानीय तहहरूले समयमा नै तलब भत्ता वितरण गर्नुपर्ने हुन्छ । तर, हालसम्म ती पालिकाहरूले शिक्षकहरूको चाडपर्व खर्च तथा नियमित तलब भत्ता निकासा नगरेको सङ्गठनका महासचिव हंसबहादुर शाहीले बताए ।
जसले गर्दा शिक्षक कर्मचारीहरू समयमा नै तलब भत्ता प्राप्त गर्ने अधिकारबाट वञ्चित भएको उनको भनाइ छ । सङ्गठनले विज्ञप्ति जारी गरेर तत्काल तलब निकासा गर्न समेत माग गरिएको छ ।
यता ७५३ वटा पालिकामध्ये ७१४ पालिकाले चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तलब र चाडपर्व भत्ता उपलब्ध गराएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने मासिक रूपमा तलब भत्ता उपलब्ध गराउने विषयमा केन्द्रको तर्फबाट कुनै समस्या नरहेको जनाएको छ ।
मधेसमा दशैँको समयमा पनि तलब भत्ता नबाँड्नेमा सप्तरीका पालिकाहरु अग्रस्थानमा छन् । सप्तरीको १० पालिकाले शिक्षकहरुलाई चाड़बाड़को समयमा पनि तलब भत्ता उपलब्ध गराएका छैनन् । सप्तरीको राजविराज नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालनी नगरपालिका, बोदेबर्साइन नगरपालिका, तिरहुत गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, विष्णुपुर गाउँपालिका, अग्निसाइर कृष्णासरवन गाउँपालिका, रुपनी गाउँपालिका, र राजगढ़ गाउँपालिका रहेका छन् ।
त्यस्तै सिरहाको कल्याणपुर नगरपालिका, महोत्तरीको बलवा नगरपालिका, सम्सी गाउँपालिका, सोनमा गाउँपालिका र एकडारा गाउँपालिका रहेको छ ।
धनुषाको ९ पालिकाले शिक्षकहरुलाई चाडवाडको समयमा पनि तलब भत्ता उपलब्ध गराएका छैनन् । जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, सबैला नगरपालिका, नगराइन नगरपालिका, लक्ष्मीनिया गाउँपालिका, धनौजी गाउँपालिका बटेश्वर गाउँपालिका र जनकनन्दनी गाउँपालिकाले शिक्षकहरुलाई तलब उपलब्ध गराएको छैन ।
रौतहटको बृन्दावन नगरपालिका, माधव नारायण नगरपालिका, गुजरा नगरपालिका, फतुवा बिजयपुर नगरपालिका र बौधीमाई नगरपालिकाले शिक्षकहरुलाई तलब उपलब्ध गराएको छैन ।
पर्साको बहुदरमाई नगरपालिका, विन्दवासिनी गाउँपालिका, पकहा मैनपुर गाउँपालिका र धोविनी गाउँपालिकाले शिक्षकहरुलाई तलब उपलब्ध गराएका छैनन् ।