Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विपी राजमार्गमा रुटको गाडी मंगलबारदेखि चल्ने





काठमाडौं ।
वीपी राजमार्गमा मंगलबारदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएका छन् ।
सडक डिभिजन, भक्तपुरका अनुसार बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्रैक खोलेर खोलेर साना गाडीहरु चल्न दिइएको छ ।
दशैंका लागि घर गएकाहरु फर्किने समय भएकाले यातायात व्यवसायीहरुले आजदेखि ठूला बसहरु समेत चलाउन खोजेका थिए । तर चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा समस्या छ ।
साँझसम्म सुधार गरेपछि अनुमति प्राप्त सवारी साधन सावधानीपूवर्कक सञ्चालन गर्न दिन लागिएको डिभिजन प्रमुख सीडीई सुमन योगेशले जानकारी दिए ।
भकुन्डेबेसी बर्षेखोला खण्डमा अहिले पनि सुख्खा पहिरो झर्ने जोखिम छ । रातको समयमा यात्रा नगर्न समेत सबैलाई आग्रह गरेको छ । वीपी राजमार्गमा साना सवारी मात्र सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गरेको छ ।