Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मखाना खेतीलाई पुनर्जीवन दिने प्रयासमा मटिहानीका किसान

राज्य मखाना खेतीप्रति उदासिन रहेको आरोप





जनकपुरधाम ।
मिथिला क्षेत्रको सम्मानको प्रतीक मानिएको लोपोन्मुख अवस्थामा पुुगेको मखाना खेतीलाई पुनर्जीवित पार्ने प्रयासमा महोत्तरीको मटिहानी नगरपालिकाका किसानहरु लागि परेका छन् ।
बढी आम्दानी गर्नका लागि किसानहरु पोखरीमा माछा पालनमा केन्द्रित भएपछि मखान खेती लोपोन्मुख अवस्थामा पुगेको थियो ।
‘माछा पालन गर्दा त्यसमा आम्दानी बढी हुन्छ ।’ मटिहानी नगरपालिकामा मखान खेती गर्दै आईरहेका महेश सहनीले भने ‘जसकारण मखानको अवस्था लोपोन्मुख अवस्थामा पुगेको थियो, अब हामी मखाना खेतीलाई पुनर्जीवन दिने प्रयासमा लागेका हौँ ।’
मिथिलामा चाडपर्व, पूजाआजा, विवाह व्रतवन्धजस्ता शुभकार्यका साथै श्राद्ध कर्ममा समेत मखानाको प्रयोग हुन्छ । मखाना आय आर्जन गर्ने माध्यम मात्रै नभई मिथिलाको संस्कृति पनि रहेको संस्कृतिविद्हरू बताउँछन् ।
मिठो खाद्य पदार्थको रुपमा रहेको मखाना भारतबाट समेत आयात हुन थालेकाले राज्यलाई व्यापक घाटा भइरहेको छ । केही वर्ष अघिसम्म मात्रै मखानको बजारमा वृद्धि हुन थालेपछि किसानहरु फेरी मखाना खेती तर्फ अग्रसर हुन थालेका छन् ।
विशेषगरी पोखरी तलाउमा गरिने मखान खेतीमा शुरुमा केही मेहनत र खर्च गर्नु परेपनि पछि थोरै मेहनतमा प्रशस्त लगातार आयआर्जन गर्न सकिन्छ । मखान पोखरीभित्र तयार भएपछि किसानले पोखरीमा डुबुल्की लगाएर पानी बाहिर निकाल्छन् र घाममा सुकाउँछन् । त्यसपछि आगोमा भुटेर लावा तयार गरी बेच्छन् ।
मखानखेती महोत्तरीको मटिहानी नगरपालिका, भंगहा नगरपालिका, लोहरपट्टी नगरपालिका, जलेश्वर नगरपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका मखाना खेती हुँदै आईरहेको छ ।
सहनीले मात्रै २५ विघा पोखरीमा ७० क्विण्टल मखानाको खेती गरेका छन् । उनका अनुसार नेपालमा ७३ मेट्रिक टन मखानाको खेती हुँदै आईरहेपनि यो नेपालको मागभन्दा निक्कै कम रहेको बताए । यद्यपि राज्यबाट मखाना खेतीकालागि कुनै किसिमको सहयोग प्राप्त नभएकोमा उनले दुःख व्यक्त गरे ।
मिथिलामा कोजाग्रत पूर्णिमाका दिन हजारौं किलो मखानको बिक्री हुने गर्दछ । दीपावली र छठ पर्वलगायत विभिन्न पूजापाठमा पनि मखानको विशेष महत्व रहेको छ ।