

जनकपुरधाम ।
पर्साको डोकैला बहुअरीस्थितको नहरमा मूर्ति सेलाउने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।
नहरमा मूर्ति सेलाउदा बेपत्ता भएका युवक खोज्ने क्रममा करिब एक घण्टापछाडि मृत भेटिएको प्रहरीले जनाएको छ । मृत्यु हुने पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरीका शीवचन्द महत्तो धानुकका छोरा १८ वर्षिय अजितकुमार महत्तो धानुक रहेका छन् ।
शनिबार दिउँसो डोकैला बहुअरीमा पर्ने बलिरामपुर गाँउ नजिकको गण्डक नहरमा दुर्गा भवानीको मूर्ती सेलाउन साथीहरुसंगै नहरमा पसेका बेला डुबेर अजितको मृत्यु भएको हो । नहरमा डुबेका अजितलाई संगै रहेका साथीहरुले उद्धार गरेर नहर बाहिर निकालेपनि उनको मृत्यु भइसकेको थियो ।
