Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

न्युजीलैण्डसंगको टेस्ट श्रृंखलाकालागि भारतीय टोलीको घोषणा





एजेन्सी ।
न्युजीलैण्डसंगको टेस्ट श्रृंखलाकालागि भारतीय टोलीको घोेषणा गरिएको छ । अक्टोबर १६ तारिखबाट सुरु हुने भारत– न्युजिल्याण्ड टेस्ट श्रृंखलाकालागि १५ सदस्यीय भारतीय टोलीको घोषणा गरिएको हो । टोलीमा दुई विकेटकिपर ऋषभ पन्त र ध्रुव जुरेलले स्थान पाएका छन् । जसप्रित बुमराह उपकप्तानको भूमिकामा देखिनेछन् । श्रृंखलाको पहिलो खेल १६ देखि २० अक्टोबरसम्म बैंगलोरमा हुनेछ । दोस्रो खेल २४ देखि २८ अक्टोबरसम्म पुणेमा हुनेछ । तेस्रो खेल नोभेम्बर १ देखि नोभेम्बर ५ सम्म मुम्बईमा हुनेछ ।

भारतीय टोलीः रोहित शर्मा (कप्तान), जसप्रित बुमराह (उपकप्तान), यशस्वी जैसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषभ पन्त, ध्रुव जुरेल, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद सेराज, आकाश दिप ।