Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बोइङले आफ्ना १०प्रतिशत कर्मचारी कटौती गर्दै





एजेन्सी ।
हवाइजहाज निर्माण कम्पनी बोइङले आफ्ना १० प्रतिशत कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीको यो निर्णयका कारण करिब १७ हजार कर्मचारीले जागिर गुमाउने छन् । बोइङको यो निर्णयले यसको उत्पादनमा पनि ढिलाइ हुनेछ ।
वास्तवमा, कम्पनीले हाल व्यवसायसँग सम्बन्धित धेरै समस्याहरूको सामना गरिरहेको छ । बोइङका प्रमुख कार्यकारी केली ओर्टबर्गले कर्मचारीहरूलाई पठाएको इमेलमा कार्यकारी, व्यवस्थापक र कर्मचारीको जागिर जोखिममा रहेको बताएकी छन् ।
बोइङले आफ्नो हतियार र सैन्य उपकरण निर्माण व्यवसायमा घाटा हुने चेतावनी पनि दिएको छ । साथै, कम्पनीले आफ्नो नयाँ प्लेन ७७७ एक्सको डेलिभरी मिति पनि थपेको छ । बोइङले कर्मचारी हडताल र आफ्ना विमानहरूको गुणस्तरसँग सम्बन्धित समस्याहरूको सामना गरिरहेको छ ।