Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना





एजेन्सी ।
लेबनानको राजधानी बेरुत नजिकै रहेको यमनका हुथी लडाकुहरूले रकेट र मिसाइलले दुईवटा जहाजलाई निशाना बनाएको बताएका छन् ।
बीबीसीका अनुसार हुथी लडाकुहरूले निशाना बनाएका दुई जहाजमध्ये एउटा अमेरिकी तेल ट्यांकर हो। जसको नाम ‘ओलम्पिक स्पिरिट’हो ।
अमेरिकी जहाज ‘ओलम्पिक स्पिरिट’लाई निशाना बनाएपछि हुथी लडाकुहरू लाल सागरमा तैनाथ भएका थिए । दोस्रो जहाज ‘सेन्ट जोन’लाई हिन्द महासागरमा हुथी लडाकुहरूले निशाना बनाएका हुन् ।
नोभेम्बर २०२३ देखि हुथी लडाकुहरूले कुल १०० जहाजलाई निशाना बनाएका छन् । तीमध्ये दुईवटा जहाज डुबेका छन् । गाजामा इजरायलको सैन्य अभियानको बदला लिन यो आक्रमण गरिएको हुथी लडाकुहरूले बताएका छन् ।