

सुजीतकुमार झा
जनकपुरधाम ।
जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यसपाली १५ हजार ५ वटा बोकाको वलि प्रदान गरिएको छ । विहिवार राति ८ बजेर ३९ मिनेटमा शुरु भएको वलि प्रदान कार्यक्रम बिहानसम्म चलेको थियो । महावीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिलकुमार प्रसादका अनुसार शुक्रवार बिहान ४ बजेर ५ मिनेटसम्म चलेको थियो ।
गत वर्ष १५ हजार २ सय ५१ बोकाको वलि दिइएको थियो । गतवर्ष भन्दा २ सय ४७ वटा बोकाको संख्या घटेपनि अनुमानभन्दा धेरै बढी बोकाको वलि भएको राम युवा कमिटीका वरिष्ठ उपाध्यक्ष अनिकेत ठाकुरले वताए । केहीदिन अघि भएको अविरल वर्ष र ठाउँ–ठाउँमा सडक भत्केकाले देशका विभिन्न स्थानवाट धेरै व्यक्ति जनकपुरधाम आउन नसकेका कारण वलिको संख्या धेरै घटने अनुमान गरिएको थियो ।
वलिका लागि मन्दिरको पछाडी भागमा ४ वटा ठेहा बनाइएको थियो सोही ठेहामा प्रत्येक वर्ष वलि दिइने कार्यक्रम हुने गरेको छ । प्रत्येक वर्ष महाअष्टमीका राती राजदेवी मन्दिरमा वलि प्रदान गर्ने परम्परा रहेको छ ।
सो मन्दिरमा गत वर्ष १४ हजार ९ सय ४१ बेकाको वलि दिइएको थियो ।
सो मन्दिरमा हजारो व्यक्तिले प्रसादी पनि चढाएका छन । राजदेवी मन्दिरका महन्थ राम गिरिले मनोबाञ्छित फल प्राप्त भएपछि बोकाको वलि दिइने राजदेवीको परम्परा रहेको वताए । राजदेवीमा दशैको वेला पूजा गर्नेहरुको अत्यधिक भीड हुने गर्छन ।
राजदेवी मन्दिरमा २०७९ सालमा १४ हजार ९ सय ४१ बेकाको वलि प्रदान गरिएको थियो । २०७८ सालमा १४ हजार २ सय ४२, २०७७ सालमा १४ हजार ३ यस ६६, २०७६ सालमा १४ हजार ९सय ९७, २०७५ सालमा १४ हजार ९ सय ९७ बटो २०७४ सालमा १२ हजार ३ सय ७ वटा बोका, २०७३ सालमा १४ हजार ६ सय १७ वटा बोकाको बलि दिइएको थियो । यसैगरी २०७२ सालमा १३ हजार ८ सय १, २०७१ सालमा १४ हजार ७ सय २२, २०७०सालमा १४ हजार ८ सय ६१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६७ सालमा १३ हजार ५ सय ५२ र २०६६ सालमा ११ हजार ७ सय ९३ बोकाको बलिप्रदान गरिएको थियो ।
मन्दिरमा बली चढाउनका लागि नेपालको धनुषा , महोत्तरी , सिराहा , सप्तरी, रौतहट,सर्लाही सहितको स्थानका साथै भारत बिहार राज्यको विभिन्न स्थानहरूबाट समेत भक्तजन आउने गर्दछन्।
वलि प्रदान कार्यक्रमको मूल व्यवस्थापन महावीर युवा कमिटी र राम युवा कमिटी संयुक्त रुपले गर्ने गर्छन् । यसमा एक हजार जति स्वयंसेवक खटेका थिए ।
