Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मिल्टन आँधी अमेरिकाको फ्लोरिडा पुग्यो, १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याइयो





फ्लोरिडा ।

अमेरिकामा मिल्टन आँधीका कारण विनाशको सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा तयारी तीव्र रूपमा भइरहेको छ । यो आँधी फ्लोरिडाको सारासोटा तिर सरेको देखिन्छ। आँधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको छ। करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसका अनुसार मानिसहरूलाई बाहिर निकाल्ने समय अब ​​सकिएको छ। लाखौँ मानिस पहिले नै आफ्नो घर छोडेर गइसकेका छन्। मिल्टन अहिले सारासोटा पुगेको छ ।यसअघि राष्ट्रपति जो बाइडेनले जनतालाई यो शताब्दीकै सबैभन्दा विनाशकारी आँधी हुने चेतावनी दिएका थिए। उनले आँधीबाट जनतालाई बचाउने सरकारको प्रयासको विरुद्ध डोनाल्ड ट्रम्पको कथित दुष्प्रचारको आलोचना गरेका छन्।