Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बर्दिवासमा युवतीको शव फेला





जनकपुरधाम ।
महोत्तरीको बर्दिवासमा एक युवतीको शव फेला परेको छ । बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वरनाथ मन्दिर नजिक युवतीको शव फेला परेको हो ।
महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल जयसवारले बुधबार नै शव भेटिए पनि युवतीको पहिचान अझैसम्म नखुलेको बताए । शव र घटनास्थलको प्रकृतिले हत्या हुन सक्ने प्रहरीको अनुमान छ । युवतीको शवलाई पोष्टमार्टमका लागि बर्दिवास अस्पतालमा राखिएको छ ।