Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजदेवीमा आज बलिप्रदान हुने





जनकपुरधाम ।
जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा आज बलिप्रदान हुनेछ । एकै राति सबैभन्दा बढी बलिप्रदान हुने राजदेवी मन्दिरमा आज बलि प्रदान हुने भएको हो । आज सप्तमी र अष्टमी दूबै तिथि रहेकाले बेलुका बलिप्रदानको तयारी गरिएको श्रीराम युवा कमिटीका बरिष्ठ उपाध्यक्ष अनिकेत ठाकुरले जानकारी दिए ।
ठाकुरका अनुसार राजदेवी मन्दिरमा आज ७ बजेदेखि बोका बली शुरु हुनेछ । मिथिला पञ्चाङ्गगका अनुसार आज सप्तमी तिथि रहेपनि आजै अष्टमी तिथि समेत परेको छ । तिथि हेरफेरका कारण बोकाबलीका लागि आजकै तिथि राख्ने निर्णय गरिएको ठाकुरले बताए ।
यता बलि प्रदानलाई व्यवस्थित रुपमा सम्पन्न गराउनकालागि ठाउँ ठाउँमा बाँसले घेरवार समेत गरिएको छ ।