Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कलकत्ताको आरजी कर मेडिकल कलेजका ५० वरिष्ठ चिकित्सकले दिए सामूहिक राजीनामा





एजेन्सी ।
भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेज अस्पतालमा भएको बलात्कार र हत्याको विरोधमा प्रदर्शन गरिरहेका जुनियर डाक्टरहरूको समर्थनमा अस्पतालका ५० जना वरिष्ठ चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
यस्तै कोलकाता मेडिकल कलेज अस्पतालका वरिष्ठ चिकित्सकहरूले पनि २४ घण्टाभित्र जुनियर डाक्टरहरूको माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । मंगलबार राज्यका स्वास्थ्य शिक्षा निर्देशकलाई पत्र पठाउँदै आरजी करका वरिष्ठ चिकित्सकहरूले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पत्रमा उनीहरूले आन्दोलनकारीका माग पूरा गर्न ठोस पहल गर्न सरकारसँग माग गरेका छन् । एक वरिष्ठ डाक्टरले भने, ‘आमरण अनशन कुनै पनि आन्दोलनको अन्तिम हतियार हो । जुनियर डाक्टरहरूले आमरण अनशन गरे पनि सरकारले कुनै सकारात्मक पहल गरेन । अहिलेका लागि हामीले सामूहिक राजीनामा दिएका छौं । यसपछि व्यक्तिगत रूपमा पनि राजीनामा दिनेछौँ ।’
आफ्ना १० बुँदे मागको समर्थनमा धर्मतल्ला क्षेत्रमा शनिबार साँझदेखि सात जना जुनियर चिकित्सक आमरण अनशनमा छन् । वरिष्ठ चिकित्सकको सामूहिक राजीनामाका कारण दुर्गा पूजाको समयमा स्वास्थ्य सेवा अवरुद्ध हुने सम्भावना छ । प्रदेशका मुख्यसचिव मनोज पन्तले सोमबार जुनियर चिकित्सकलाई अनशन तोड्न आग्रह गर्दै अक्टोबर १० तारिखसम्म सबै मेडिकल कलेजका ९० प्रतिशत माग पूरा गर्ने आश्वासन दिएका छन् ।