Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मिथिलामा मूर्ति पूजाको महत्व





जनकपुरधाम ।
दसैँको रौनकताले अहिले देशैभरी छोएको छ । देशैभरी रहेका माता दूर्गाको शक्तिपीठहरुमा भव्यता पूर्वका पूजा अराधना भई रहेको छ । यता मिथिलाञ्चलका मन्दिरहरुमा पूजा अराधना त भई नै रहेका छन् त्यस माथि ठाउँ ठाउँमा माता दूर्गाको मूर्ति बनाएर समेत भव्यता पूर्वक पूजा भई रहेको छ । जनकपुरधाम लगायतका मिथिलाञ्चलका अधिकांश ग्रामीण क्षेत्रमा समेत मूर्ति पूजाको आकर्षण देख्न लायकको छ ।
हुनत हिन्दु धर्ममा मूर्ति पूजाको आफ्नो अलग्गै महत्व हुन्छ यद्यपि मिथिलाञ्चलमा मूर्ति पूजाको महत्व अत्याधिक रहेको पाइन्छ । मिथिलावासी देवीदवतालाई आफ्नो पारिवारिक सदस्य जस्तै सम्बन्ध स्थापित गरेको पाइन्छ । यही सम्बन्ध स्थापित गर्नका लागि मिथिलाञ्चलमा मूर्ति पूजाको परम्परा रहेको पाइन्छ । यसका साथै जगतमाता सीता मिथिलाकी छोरी भएकीले भगवतीका अन्य स्वरुपको पनि माइती मिथिलालाई नै मान्ने गरिएको छ । त्यसैले दसैंमा मूर्ति निर्माणअघि विवाहित बेहुलीझैं नवदुर्गालाई माइतीमा भित्रयाउने परम्परा रहेको छ ।
पूजा अवधिसम्म माइती आएकी चेलीझैं मीठो परिकार अर्पण गरी पूजा अराधना गर्ने गरिन्छ । अनि मूर्ति सेलाउने बेला सोहर (छोरी बिदा गर्ने बेलाको गीत) गाएर बिदाई गरिन्छ ।
संस्कृतिविदहरू भक्तिका ९ मार्ग (नवधा भक्ति) मध्ये वात्सल्य मार्गलाई भावुक मार्गको संज्ञा दिने गर्छन् । जानकी मन्दिरका प्रथम महन्थ सुरकिशोर दास माता सीतालाई छोरी झैं माया गर्नुका साथै सेवा पनि गर्ने गर्थे । उनका उत्तराधिकारी महन्थहरुले समेत सो परम्परालाई अझै जारी नै राखेका छन् ।


देवी देवतासँग पारिवारिक सम्बन्ध स्थापित गर्ने अनि परिवारका प्रिय सदस्य जस्तै मधुर व्यवहार गर्ने परम्परालाई मैथिलीका वरिष्ठ साहित्यकार एवं संस्कृतिविद डा. राजेन्द्रप्रसाद विमल वात्सल्य मार्गको संज्ञा दिन्छन् ।
डा.विमलका अनुसार रसिक सम्प्रदायको दार्शनिक सूत्र यो नै रहेको बताउँछन् । देवीदेवताको पूजा गर्दा टाढाको सम्बन्ध स्थापित हुन्छ । पारिवारिक सम्बन्ध स्थापित गर्दा नजिक हुन्छ । डा. विमलले सीता मिथिलाकी चेली भएकी तथा नवदुर्गासहितका अन्य देवीहरू पनि सीताकै स्वरूप भएकाले मिथिलाञ्चलमा अझै देवीहरूलाई चेलीबेटीको रूपमा माया गर्ने परम्परा रहेको बताउँछन् ।
विमलले देवी मात्र होइन, राम, कृष्ण, महादेव लगायतका देवतालाई समेत आफ्नो घरकै सदस्य जस्तो माया, प्रेम, स्नेह गर्ने चलन मिथिलामा रहेको बताए । ‘कृष्णलाई किसना भन्नु तथा रामलाई भिनाजु जस्तै गाली गर्ने परम्परा यसको जिवन्त उदाहरूण हुन्,’ ।
वेदकालीन समाज प्रकृति पूजक समाज थिए । वेदकालमा सूर्य, चन्द्र, आकाश, पाताल, पृथ्वी, प्रकृति, चर अचर तथा वृक्षादिको पूजा गरिन्थ्यिो । मुर्ति पूजा हुँदैन्थ्यो ।
संस्कृतिविद विमलका अनुसार मोहनजोदाड़ो र हडप्पाको उत्खननपछि शिस्न (लिङ) र भग (योनी) को प्रतिमा फेला परेको थियो । जसलाई केही विश्लेषकले शिवपार्वती तथा केहीले उत्पादन (वंशवृद्धि) सँग जोडेर व्याख्या गरेका छन् ।
डा.विमल हडप्पा सभ्यतालाई आर्य र अनार्यबीचको संगम कालको संज्ञा दिन्छन् । मोहनजोदाडो, हडप्पा तथा गुफाकालमा फेला परेका चित्रहरू चित्रकलाका आदि तस्बिरहरू भए पनि अहिले मिथिला समाजमा प्रचलनमा रहेको मूर्ति पूजा १६ औं शताब्दीदेखि अलवार सम्प्रदायका पुष्टमार्गीहरूले सञ्चालन गरेको परम्पराको शृंखला रहेको डा.विमलको तर्क छ ।
अर्का संस्कृतिविद डा. रेवतीरमण लाल आर्य समाजमा मूर्ति पूजनको परम्परा महाभारतकालदेखि सुरु भएको दावी गर्छन् । नवप्रस्तर युगमा समेत मूर्ति पूजाको परम्परा रहेको उनको दाबी छ ।
जर्मन समाजशास्त्री दुर्खिमको ल अफ थ्री स्टेज सिद्धान्तलाई कोट्याउँदै लालले भने, ‘प्रारम्भिक समाजमा भूतप्रेत र पिसाचवाद हावी थियो । मध्यकालमा बहुदेवतावाद हावी भयो अनि आधुनिक समाजमा एकेश्वरवाद हावी छ ।’ मूर्ति पूजाको प्रारम्भ बहुदेवतावादको युगमा सुरु भएको उनले तर्क गरे ।