Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बोकावलिको मूल्यलाई लिएर विवाद नबनाउन महावीरका पूर्व अध्यक्षहरुको आग्रह

‘मूल्य बढाउनु अहिलेको बाध्यता’





जनकपुरधाम ।

राजदेवी पूजाका लागि हुने वलिप्रदानमा बोकावलीको मूल्य एकसय रुपैयाँ बढाएपछि सामाजिक सञ्जालमा केही व्यक्तिले लगातार आलोचना गर्न थालेका छन् । यी आलोचनाका बिच महावीर युवा कमिटी जनकपुरधामका पूर्व अध्यक्षहरुले यसलाई विवादित नबनाउन आग्रह गरेका छन् । उनीहरुले मूल्य बढाउनु अहिलेको बाध्यता रहेको प्रतिक्रिया दिएका छन् ।
‘बजारको अवस्था खराब रहेको छ जबरजस्ती चन्दा हामी लिन सक्दैनौँ यस्तोमा बोकावलिको मूल्य बढाउनु मात्रै विकल्प बाँकी थियो,’ मोडेल खबरको युट्यूब च्यानलसंग कुरा गर्दै पूर्व अध्यक्ष विनोद चौधरीले भने ।
महावीरका संस्थापक अध्यक्ष अरुण साहले राजदेवी पूजाले जनकपुरधामको पर्यटन बढाएको छ जसमा यसको सजावट र पूजाको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । उनले भने – आलोचना हामी सुन्न चाहन्न त्यस्तो छैन तर यसले नकारात्मक संदेश नजओस यति मात्रै हाम्रो चाहना रहेको छ ।
पूर्व अध्यक्ष प्रमोद साहले बोकावलिको मूल्य बढाउनेलाई लिएर हामी निकै छलफल गरेको तथा आवश्यकता बुझेर नै हामी मूल्य बढाउने तर्फ अघि बढेको स्वीकार गरे । एकसय रुपैया बढेपछि केहीलाई अलि समस्या हुन्छ तर यसले हाम्रो आयोजनालाई वल पुग्ने उनको कथन रहेको छ ।
यसअघि राजदेवी पूजामा वलिका लागि आउने प्रति बोकासँग दूई सय रुपैया लिने गथ्र्यो तर यसपाली तीनसय रुपैया लिने निर्णय गरिएको छ । १५ हजार भन्दा बढी बोकाको वलि दिइने गरिएको छ । यसको शुल्कबाट आउने रुपैयालाई महावीर र राम युवाले संयुक्त रुपमा खर्च गर्ने गर्छन् ।
‘केहीले मूल्य बढाएको मात्रै देखि रहेका छन् तर हामीले दिएको सुविधापनि हेर्नुपर्छ,’ पूर्व अध्यक्ष सुनिलकुमार प्रसादले दाबी गरे । आफनो दाबीलाई अझ स्पष्ट गर्दै उनले भने – वलिका लागि आउनेलाई हामीले निशुल्क भोजन गराइरहेका छौँ । एकजना मात्रै होइन उनीहरुको आवश्यक्तालाई ध्यानमा राखी कुपन दिने गरेका छौँ । वलिको वेला उनीहरुलाई कुनै समस्या नहोस त्यसमा हाम्रा दर्जनो स्वयंसेवक गम्भीर र तत्पर रहन्छन् ।
पूर्व अध्यक्ष धर्मेन्द्र साहले बोकावलिको पैसाले मात्रै राजेदेवी पूजा हुँदैन् यो सत्यलाई हामीसबैले स्वीकार गर्नुपर्छ बताए । उनले महावीरको सटर भएका घरको भाड़ा, सदस्यता नविकरण शुल्कका अतिरिक्त चन्दाबाट आएको रकमपनि हामी यसैमा लगाउने गरेको बताए ।
‘हामी चाहन्छौ हाम्रो कमीकमजोरी उठनुपर्छ यसले हामीलाई सुधार गर्न सजिलो हुन्छ तर हामीलाई सुधार गराउनुको नाउँमा जनकपुरधामको छबी खराब गर्नु हुँदैन,’ धर्मेन्द्रले उल्लेख गरे ।
संस्थापक अध्यक्ष अरुणको पनि यस्तै कथन थियो । उहाँले हामी राजदेवी पूजाको नाउँमा आएको रकम एक रुपैया पनि दुरुपयोग गर्दिन उल्लेख गरे ।
सम्मानको नाउँमा चुनरीमा मात्रै लाखो रुपैया खर्च भइरहेको यसलाई तपाईहरुले दुरुपयोग मान्नुहुन्न ? यस प्रश्नको जबाफमा पूर्व अध्यक्ष संतोष साहले चुनरीका लागि पनि दाता नै छन् उहाँहरुको कपडा पसल छन् उहाँहरुले नै चुनरी दिने गर्छ बताए ।
‘चुनरीलाई लिएर सम्मान होइन मन्दिरमा पुग्ने विशिष्ट व्यक्तिलाई प्रसादी दिने गरेको,’ सुनिलले बताए ।

पूर्व अध्यक्षहरुसँगको सम्पूर्ण कुराकानी https://www.youtube.com/@ModelKhabar/videos यसमा सुन्न र हेर्न सकिन्छ ।