

एजेन्सी ।
भारतको हरियाणामा फेरी भारतीय जनता पार्टी(बिजेपी) नेतृत्वकै सरकार बन्ने भएको छ । एक्जिट पोलहरुमा पछाडी परेको बिजेपी एक्जिट पोलहरुरको रुझान विपरित नतिजा ल्याउँदै हरियाणाको सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको हो । हरियाणाको कुल ९० विधान सभा सीट मध्ये ४७ सिटमा बिजेपीले जित निकालेको छ । कांग्रेसले भने हरियाणामा ३५ सीटमा जितेको छ भने अन्यले ४ सीटमा जित निकाल्न सफल भएको छ ।
यद्यपि अहिलेसम्म चुनावी नतिजाको पूर्ण विवरण आउन सकेको छैन । बिजेपी अहिले मत गन्न बाँकी रहेको बिधानसभा सीटमध्ये १ सीटमा, कांग्रेस २ सीटमा र अन्यले १ सीटमा बढत बनाएको छ । चुनावी नतिजाको पूर्ण विवरण नआएपनि हरियाणामा बिजेपीले नै सरकार बनाउने निश्चित भएको छ ।
यता भारतकै अर्को राज्य जम्मू–कश्मीरको नयाँ मुख्यमन्त्री नेशलनल कन्फ्रेन्सका उमर अब्दुल्लाह बन्ने भएका छन् । जम्मु कश्मिरको विधानसभा चुनावमा नेशनल कन्फ्रेन्स र कांग्रेसले गठबन्धन बनाएर चुनाव लडेपछि राम्रो नतिजा निकाल्न सफल भएको छ । नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनले जम्मु कश्मिरको ९० सीटमध्ये ४९ सिटमा जित्न सफल भएको छ । बिजेपीले २९, पिडीपी ३ र अन्यले ९ सीटमा जित निकालेको हो ।
नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनको जीतससंगै जम्मु कश्मिरमा यी दूबै दलले सरकार बनाउने निश्चित भएको हो ।
यता जम्मु कश्मिरको बिजेपी अध्यक्ष सुरेश रैना समेत आफ्नो विधानसभा क्षेत्रमा पराजित गरेका छन् । उनले आफू जनताको फैसलालाई स्वीकार गरिसकेको चुनावी नतिजापििछ प्रतिक्रिया दिएका छन् ।
