Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजनीतिक दलको विवरण जिल्लामै अद्यावधिक गरिने





काठमाडौं ।
राजनीतिक दलको विवरण सम्बन्धित जिल्लामै अद्यावधिक गरिने भएको छ ।
निर्वाचन आयोगले मंगलबार राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको १८औं वार्षिक प्रतिवेदनमा यस्तो व्यवस्थालाई बाध्यकारी बनाउनुपर्ने उल्लेख छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिका अनुसार अघिल्लो आर्थिक वर्षबाटै यो अभ्यासको सुरूवात भएको हो । तर, कानुनमा भने जिल्लामै राजनीतिक दलको विवरण अद्यावधिक गर्नुपर्ने बाध्यकारी व्यवस्था छैन ।
‘जिल्लामै राजनीतिक दलको विवरण अद्यावधिक गर्नुपर्ने विषय ऐनमा छैन । हामीले नयाँ अभ्यास सुरु गरेका हौं । अघिल्लो आर्थिक वर्षदेखि यो अभ्यास शुरु गरिएको थियो । अब बाध्यकारी बनाउने सोचसहित वार्षिक प्रतिवेदनमा समावेश गरिएको छ’ थपलियाले भने ।