Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दशैँमा पार्थिव महादेव पूजाको महत्व





जनकपुरधाम ।
देशैभरी अहिले दशैँको रमझम छ । मिथिलामा दशैँको अलग्गै महत्व छ । मिथिलाञ्चलमा दशैँको बेला माता दुर्गाका ९ अवतारका पूजा त हुन्छ नै त्यसका साथै पार्थिव महादेवको विशेष पूजा गर्ने परम्परा समेत रहेको छ । मिथिलाञ्चलको घर घरमा अहिले माता दुर्गाका अवतारहरुको पूजाका साथै पार्थिव महादेवको पूजा गरिदै आएको छ ।
दशैँको बेला ९ दिन घरका सदस्यहरु एका बिहानै उठेर माटोको महादेव बनाउन व्यस्त भई हाल्छन् महोत्तरीको पिपरा गाउँपालिका बनौलीकी रानी झाले बताइन् । उनी भन्छिन् ‘दशैँमा माता दुर्गाको पूजा त गर्छौँ नै त्यसका साथै पार्थिव महादेव बनाएर महादेवको पूजा समेत अनिवार्य रुपमा गर्ने गर्छौँ । असोज महिनाको शारदीय नवरात्रीको समयमा महादेवको पूजा गर्नुको अलग्गै महत्व रहेको उनको भनाई छ ।
शिव पुराणका अनुसार शिव पूजनले धन्यधान्य र अरोग्यका साथै पुत्र प्राप्ती हुने गर्छ । जो दम्पति पुत्र प्राप्तीका लागि वर्षोदेखि दुःखी छन उनीहरुले विशेष रुपले पार्थिव महादेवको पूजा गर्नु पर्छ महोत्तरीको महोत्तरी गाउँपालिका पर्साका पण्डित द्रवेश ठाकुरले बताए ।
पार्थिव महादेवको पूजाले अकाल मृत्यु, भय को नाश हुने गरेको उनले बताए । पार्थिव महादेवको पूजा असोजको समयमा घर घरमा हुनुका साथै दुर्गा पूजा हुने शक्तिपीठहरुमा सामूहिक रुपमा गर्ने परम्परा समेत रहेको पण्डित ठाकुरले बताए ।
कलयुगमा कुष्टमाण्ड ऋषिका पुत्र मण्डपले यो पूजाको प्रारम्भ गरेको बताइन्छ । सोही समयदेखि असोज महिनाको शारदीय नवरात्रीको समयमा पार्थिव महादेवको पूजा गर्ने परम्परा बसेको मान्यता छ । मिथिला नरेश राजर्षि जनकका कुलदेवता महादेव नै रहेकाले पनि यहाँ महादेव पूजाको विशिष्ट महत्व छ ।
शिव पुराण का अनुसार सबै वर्ण र सबै वर्गका व्यक्ति भगवान शिवको लिंगार्चन, शिवार्चन, रुद्राभिषेक आदि वैदिक अनुष्ठान गर्न सक्छन । भगवान शिवलाई सौभाग्यको देवता मानिन्छ त्यसैले विवाहित महिला भगवान शंकरसंग जोडिएका सबै व्रत एवं पूजन गर्ने गर्छन् धनुषा नगराइन नगरपालिका देवडिहाकी अम्बिका झाले बताइन् ।
पार्थिव महादेवको पूजा गर्दा यज्ञआदि समेत गर्नु पर्ने प्रावधान रहेको छ । तर मिथिलाञ्चलमा दशैको समयमा यज्ञआदि बिना समेत गर्दै आएको देखिन्छ ।