Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको हरियाणामा भाजपालाई धक्का लाग्ने एक्जिट पोलको अनुमान

जम्मु कश्मिरमा कांग्रेससहितको गठबन्धनलाई बहुमत





एजेन्सी ।
भारतमा आम निर्वाचनबाट तेस्रो पटक नरेन्द्र मोदी नेतृत्वको गठबन्धन सरकार बनेपछि भएको प्रान्तीय निर्वाचनमा सत्तारुढ भाजपालाई धक्का लागेको छ ।
हरियाणा राज्यमा शनिवार सम्पन्न भएको मतदानपछि जारी भएका एक्जिट पोलमा १० वर्षदेखि सरकार चलाइरहेको भाजपा पराजित हुने आँकडा सार्वजनिक भएका छन् । ९० सीटको विधान सभामा विपक्षी कांग्रेस पार्टीले स्पष्ट बहुमत ल्याउने एक्जिट पोल सार्वजनिक भएका हुन् । हरियाणामा विगत १० वर्षदेखि लगातार बिजेपीले सरकार चलाइरहेको छ । यहाँ बिजेपी यस पटक पराजित हुने सर्वेक्षण सार्वजनिक भएको छ ।
त्यस्तै जम्मु कश्मिरमा भएको निर्वाचनमा कांग्रेससहितको गठबन्धनले बहुमत ल्याउने एक्जिट पोलहरुले जनाएका छन् । गत लोकसभा निर्वाचनमा पनि बिजेपी लगातार दुई पटकको बहुमत जोगाउन असफल भएको थियो ।
४ सय सीट कटाएर दुई तिहाइ बहुमतको लागि निर्वाचनमा गएको भाजपा अन्ततः गठबन्धन सरकार बनाउने ठाउँमा पुगेको थियो । ४८ सीटबाट एक सय सीट कटाउन सफल भएको विपक्षी कांग्रेस पार्टीले प्रादेशिक निर्वाचनमा उत्साहजनक सफलता पाउन थालेको हो ।