Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गभर्नर अधिकारीमाथि छानबिन गर्ने समिति रद्द





काठमाडौँ ।
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न गठिन समिति रद्द गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७८ चैत २४ गते छानबिन समिति गठन गरेको थियो ।
उक्त समितिविरुद्ध अधिकारी सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले उनका पक्षमा अन्तरिम आदेश जारी गरी कारबाही प्रक्रिया रोकिदिएको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग सम्बन्ध बिग्रिएपछि उनले अधिकारीमाथि कारबाही प्रक्रिया अघि बढाएका थिए ।