

जनकपुरधाम ।
रौतहट कटहरिया नगरपालिका–१ भसेढवा स्थित लालबकैया नदी किनारमा एक पुरुषको शव फेला परेको छ । शवको पहिचान खुल्न भने नसकेको प्रहरीले जनाएको छ ।
लगभग ४५ वर्षको देखिने पुरुषको शव बालुवामा पुरिएको अवस्थामा फेला परेको हो । शुक्रवार साँझ सशस्त्र प्रहरी बल नेपाल फर्वाड सुरक्षा वेश जंगलशैया र प्रहरी चौकी हरिनगरको संयुक्त टोलीले उक्त शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको सशस्त्रका एसपी बिक्रम हुमागाईंले बताए ।
एसपी हुमागाईँका अनुसार शवको प्रकृति हेर्दा केही दिन अघि नदीमा आएको बाढीले कतैबाट बगाएर ल्याएको हुनसक्ने बताए ।
