

काठमाडौं ।
पछिल्लो साता आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।
१८ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए । उनका अनुसार १सय ७८ जना घाइते भएका छन् ।
हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।
