Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पर्यटकहरुको आकर्षणको केन्द सप्तरीको छिन्नमस्ता भगवती

दशैंको आकर्षण





सुजीतकुमार झा

सप्तरीको छिन्नमस्ता भगवतीे मन्दिर पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित सो स्थानमा विहानदेखि रातीसम्म भीड लागेको हुन्छ । नेपालीहरु मत्रै नभई भारतीयहरुपनि ठूलो संख्यामा त्यहाँ पूजा गर्न पुग्ने गर्छन ।
राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिका स्थित ठूलोपोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता प्रमुख ५१ शक्तिपीठमध्ये पनि एक हो । जहाँ दशैंका बेला ठूलो उत्सव नै हुने गरेको छ तर अन्य वेलापनि उत्सवकै माहौल देखिने गरिएको मन्दिरका पूजारी महानन्द ठाकुरले वताए । भाकल पूरा भएपछि लडडु र वोका चढाउने परम्परा रहेको छ । अहिले दशैंका कारण नेपाल भारतबाट ठूलो संख्यामा भक्तजनहरु दिनहुँ आउने गर्छन् ।
छिन्नमस्ता भगतवतीको मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ ।
भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी र सखडा माता भनेर पूजा–अर्चना तथा भाकल गरिन्छ ।
सखडेश्वरीको मस्तक अर्थात शीर नभएका कारण भक्तजनले सो भगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गर्ने गरेका छ ।

ऐतिहासिक पक्ष


तत्कालिन राजा शक्रसिंह आफ्ना भाइ–भारदारको दबाबका कारण छोरा कुमार हरिसिंहदेवलाई राजकाज सुम्पेर शेष जीवन बिताउन सप्तरीको सखडा क्षेत्र गएका थिए ।
त्यतिबेला सो क्षेत्र घना जङ्गलले भरिएको थियो । राजा शक्रसिंहलाई भगवतीले सपनामा भनिन –तिमी जुन स्थानमा बसिरहेका छौ, त्यस स्थानमा त्रिशूल गाडिएको भेटिनेछ र त्यहाँ अरु मूर्ति पनि छेउ–छाउमा पाउने छौं । ती मूूर्तिहरूको पूजा–आजा गरेर बस, तिम्रो भलो हुनेछ ।’
देवी भगवतीले सपनामा दिएको निर्देशन अनुसार राजा शक्रसिंहले त्रिशुल गाडिएको क्षेत्रमा माताको मूर्ति जलाशय अर्थात हालको शान्ति सागरको किनारमा मूर्तिहरू फेला पारेको किंवदन्ती छ । सोही स्थानमा भगवतीको मूर्ति स्थापना गरेर पूजाआजा गर्न थालेको छिन्नमस्ता सखडेश्वरीका महन्थ ठाकुरले वताए ।
‘बली प्रदान गर्दा निस्केको रगतमा झिङ्गा नबस्ने, रगत लुगामा लागेपनि दाग नलाग्ने, पोखरीको पानीमा रगत मिसिदा रातो नहुने, बली प्रदान गर्ने नाममा राखिएका बोकालाई केही नहुँने, बलीका लागि खसी किन्नु अघि कुकुर वा स्याल टोकेको छ भने मन्दिर पुग्दा नपुग्दै मर्ने, बली प्रदान गरेको खसीबाट निस्किेको रगत सोही पोखरीमा नबगाएमा अनिष्ट हुँने, जुठो वा अपवित्र पूजा सामग्री कुकुर र कागले छोएर चढाउन नहुने जस्ता जनविश्वास र आस्था रहेको शक्तिपीठ हो, छिन्नमस्ता भगवती ।
एघारौं शताब्दीको अन्त्यतिर भारत कलकत्ताका शासक गयासुद्दीन तुगलकको मुसलमानी आक्रमणकारी दलले सप्तकोशी नदीको किनारको बाटो हुँदै सखडा पीठ ध्वस्त ग¥यो ।
मन्दिर ध्वस्त गर्ने क्रममा उनीहरूले त्यहाँका मूर्तिहरू समेत तोडफोड गरी जलाशयमा फ्याकिदिए । मन्दिरको मूर्ति तोडफोड गरेर मुसलमानी आक्रमणकारी दल अगाडि बढ्यो ।
सोही क्रममा सखडादेखि १५ किमी पश्चिम–उत्तरस्थित सप्तरी जिल्लाकै मानराजा गाविसको गढीका मूर्तिहरू समेत तोडफोड ग¥यो ।
मुसलमानी आक्रमणपछि पुनः सखडा क्षेत्र जङ्गलमा परिणत भएको अनुमान गरिन्छ । मन्दिरको पूर्वपटी घना झाडी थियो, जसलाई अहिले पंचमुखी नागवाटिका र केवला वन भनेर चिनिन्छ । यस स्थानमा समय समयमा पंचमुखी नागदेवताले दर्शन दिने गरेको स्थानीय भक्तजनहरु बताउँछन् ।
मन्दिर र मूर्तिको ऐतिहासिक कुरा गर्दा करीब एक सय २५ वर्ष अघि सखडाको भगवती मन्दिर भग्नाशेष अवस्थामा थियो । जसलाई स्थानीयबासी च्याखुरी नानीर चूनीलाल ठाकुरले सफा गरी भीक्षाटनबाट संकलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए । सो मन्दिर वि.सं. १९९० सालको भूकम्पमा फेरि भत्किन पुग्यो । र, त्यस बेलाका मन्दिरका पुजारी अनिरुद्ध ठाकुरले चन्दा संकलन गरी ग्रामीण समाजको सहयोगले टिनको छाना भएको मन्दिर बनाए ।
वि.स.२०२८ सालमा जीर्ण मन्दिरलाई तत्कालिन भारतीय रेल मन्त्री ललितनारायण मिश्रको सहयोगमा पक्की मन्दिर भवन साथै तीन कोठे धर्मशाला बनाइयो ।
त्यसपछि वि.सं. २०४४ सालमा तत्कालीन राजा वीरेन्द्र शाह भगवतीको दर्शनार्थ जाँदा पाँचलाख रुपियाँ चन्दा दिए । सो रकमबाट तत्कालिन सगरमाथा अञ्चलका अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले भगवतीको प्यागोडा शैलीको भव्य र सुन्दर मन्दिरको निर्माण गराएका थिए ।
मन्दिरभित्र मूल देवीको रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ । उक्त मूर्तिको पाउतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुङ्गामा कुँदिएको छ । मूल मूर्तिको देब्रेपट्टि दक्षिणकाली, महिषमर्दिनी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति स्थापित छ । ती मूर्तिहरूलाई पञ्चभगिनी पनि भनिन्छ ।
पूजा समितिले वर्षका चारवटै नवरात्रमा ५६ प्रकारका परिकार बनाई मध्यरातमा पूजा गर्ने गर्दै आएको छ । पूजा गर्दा केही विघ्नबाधा उत्पन्न हुन थालेपछि भगवतीको सिंहासनमा एउटा जन्तर राखी महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिएको छ । वि.स. १९८४ मा सप्तरी जिल्लाको तिलाठी निवासी ज्योतिषी यदुनन्दन मिश्रले अष्टधातुले बनेको एउटा घण्टा सखडा मन्दिरमा चढाएका थिए । उक्त घण्टामा शक्रेश्वरी एकपटक र महिषमर्दिनी दुईपटक लेखिएको छ । यसबाट स्पष्ट हुन्छ शक्रसिंहले आफ्नो इष्टदेवी भगवती स्थापना गरेका थिए।
सखडा भगवतीको मूर्तिलाई सूक्ष्मरूपले हेर्दा तीनवटा टुक्रा मिलाएर स्थापित गरिएको देखिन्छ ।