Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकामा हेलेन आँधीका कारण मृत्यु हुनेको संख्या २सय पार





एजेन्सी ।
अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा ‘हेलेन’ नामको आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । बीबीसीका अनुसार यीमध्ये आधाभन्दा बढी मानिसको मृत्यु नर्थ क्यारोलिनामा भएको छ ।
सन् २००५ मा आएको क्याट्रिना आँधीपछि हेलेन सबैभन्दा घातक आँधी साबित भएको छ । सन् २००५ मा यहाँ आएको क्याट्रिना आँधीका कारण १८ सयभन्दा बढीको मृत्यु भएको थियो ।
हेलेन आँधीले ल्यान्डफल गरेको झण्डै एक सातापछि पनि सयौँ मानिस बेपत्ता छन् भने झन्डै ८ लाख घर बिजुलीविहीन छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधी प्रभावित क्षेत्रमा हवाई भ्रमण गरेका थिए ।