Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुर एयरपोर्टमा यात्रुहरुको मेला जस्तै भीड, भोलिदेखि बिहान साढे ४ बजे एयरपोर्ट खोलिने





सुजीतकुमार झा ।
जनकपुरधाम
जनकपुर एयरपोर्टमा यात्रीहरुको भीड अत्याधिक बढेपछि एकातिर एयर कम्पनीहरुले चार्टर फ्लाइट बढाएको छ भने अर्कोतर्फ एयरपोर्ट डेढ घण्टा पहिला खोलिने निर्णय गरिएको छ ।
जनकपुर एयरपोर्टका प्रमुख भीमदत्त पन्थका अनुसार भोलि शुक्रबारदेखि एयरपोर्ट साढे ४ बजेदेखि नै खोलिने छ । बुद्ध एयरको एका बिहानै फ्लाइट चलाउने निर्णय गरिएको छ ।
यसअघि जनकपुर एयरपोर्टलाई बिहान ६ बजे खोलिने गथ्र्यो । ‘बिहान ६ बजेदेखि राति १२ बजेसम्म खोल्ने गथ्र्यौँ, केहीदिन देखि राति २ बजेसम्म फ्लाइट आइरहेको,’ एयरपोर्टका प्रमुख पन्थले मोडेलखबरलाई बताए । बुद्ध एयरको जनकपुरधाम–काठमाडौँ ५ वटा फ्लाइट रहेको छ भने यतिको २ वटा फ्लाइट रहेको छ । जनकपुरधाम–लुक्ला वैकल्पिक उडानको माध्यमले पनि प्mलाइट आइरहेको छ । कार्यालय प्रमुख पन्थका अनुसार ताराको २ र समिट एयरको २ वटा फ्लाइट रहेको छ ।
अत्याधिक वर्षपछि विभिन्न सडकमार्ग अवरुद्ध भएपछि यात्रीहरुको चाप हवाइमार्ग तर्फ बढेको छ । जनकपुर एयरपोर्टका प्रमुख पन्थका अनुसार दिनभरी एयरपोर्टमा भीड लागेको देखिन्छ ।
बुद्ध एयरका जनकपुरका म्यानेजर विजयकुमार सिंहले मोडेल खबरसँग कुरा गर्दै टिकटका लागि दिनमा आफू कहाँ सयजति फोन आउने गरेको बताए । अनलाइन टिकट भएकाले मोबाइलबाटै हेर्न सकिन्छ खाली छ वा भरेको तापनि धेरैले फोन गर्ने गरेको बताउँदै उनले भने हामी अवस्थाको जानकारी दिने गरेको छु ।
अहिले एयरलाइन्स कम्पनीले दैनिक चार्टर फ्लाइट पनि गर्ने गरेको छ । केही एयरलायन्स कम्पनीले नियमित फ्लाइटलाई रोकेर चार्टर फ्लाइट गरेर निकै कमाउने गरेको देखिएको छ । बुधवार बुद्ध एयरको ५ वटा नियमित फ्लाइट रहेको थियो । बुद्धले सो दिन ३ वटा चार्टर फ्लाइट पनि गरेको छ । यसैगरी यति एयरलायन्सको ३ वटा नियमित फ्लाइट रहेको थियो एउटा फ्लाइट क्यान्सिल गरी एउटा चार्टर गरेको थियो । बुधवार ताराको २ र समिटको २ फ्लाइट रहेको थियो ।