Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवीको पूजा शुरु, कलशस्थापनाका दिननै हजारो व्यक्तिले दर्शन गरे





सुजीतकुमार झा ।
जनकपुरधाम
जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवीमा धुमधामका साथ पूजा भइरहेको छ । सो मन्दिरमा भक्तजनहरुको अवेरराती सम्म भीड हुने गरेको छ । दशैमा राजदेवी सहित जनकपुरधामका अधिकांश शक्तिपीठलाई विशेष रुपले सजाइएको छ । महावीर युवा कमिटीका पूर्व अध्यक्ष विनोद चौधरीले दशैमा यो मन्दिरहरुको पूजाका कारण हजारो व्यक्ति जनकपुरधाम आउने गर्छन बताए । अहिले बाहिरबाट आएका पर्यटकहरुका कारण जनकपुरधाम भरिएको छ । कलशस्थापना देखि विजयदशमीसम्म राजदेवीमा विशेष पूजा हुने गरेको छ । दशैंको पहिलो दिननै हजारो व्यक्तिले राजदेवीको दर्शन गरेका छन् ।
राम युवा कमिटीका पूर्व अध्यक्ष शम्भु प्रसाद साह ‘प्रेमी’ले मन्दिरको सजावटमै २० लाख भन्दा बढीको खर्च हुने गरेको छ बताए । सजावट र पूजामा लाग्ने सम्पूर्ण खर्च स्थानीयवासीहरुले चन्दाको रुपमा दिने गर्छन । रंगीचंगी बल्व र पण्डालहरुका कारण जनकपुरधामका शक्तिपीठहरु दुलही झै सजाइएको छ । राजदेवीलाई केही व्यक्तिले मिथिला नरेश जनकको कुलदेवीको रूपमा यहाँ पूजा गर्ने गरिन्छ । मन्दिरको मूलद्वारमै जनकको कुलदेवी लेखिएको छ । तर, कतिले नगरकी देवी रहेको बताउँदै आएका छन् । रामायणमा जनकका कुलदेवता महादेव र कुलदेवी गौरी रहेको उल्लेख छ । वैष्णवी देवीको चर्चा पनि रहेको छ ।
राजदेवीमा अष्टमी तिथिका राती १५ हजार भन्दा बढी बोकाको वली दिइने गरिएको छ । राजदेवी मन्दिरका महन्थ राम गिरिले पहिला भन्दा यसपाली वलिको संख्या पनि बढने बताए । शक्तिपीठहरुका लागि युवा क्लवहरुले सयौ स्वयंसेवक परिचालन गरेका छन ।