Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राष्ट्रसंघका महासचिवलाई इजरायल प्रवेशमा रोक





एजेन्सी ।
इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई देशमा प्रवेश गर्न रोक लगाएको छ ।
राष्ट्रसंघका महासचिव गुटेरेसनलाई इजरायल प्रवेशमा प्रतिबन्ध लगाएको विदेशमन्त्री इजरेल काट्जले ट्वीटरमार्फत जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘जसले इरानले इजरायलमाथि गरेको जघन्य हमलाको प्रष्ट रुपमा निन्दा गर्न सक्दैन, उसलाई इजरायली जमिनमा पाइला राख्ने कुनै हक छैन ।’
गुटेरेसले ७ अक्टोबरमा हमासले गरेको आक्रमणको निन्दा नगरेको उनको आरोप छ । साथै हमासलाई आतंकवादी संगठन घोषणा गर्ने कुनै पहल नगरेको तथा हमास, हिज्जबुल्लाह र हुतिपछि अब इरानको तर्फबाट भएको हत्याको समर्थन गरेको काट्जले बताएका छन् ।
उनले भने, ‘उनलाई राष्ट्रसंघको इतिहासको दागका रुपमा याद गरिनेछ ।’ राष्ट्रसंघका महासचिव गुटेरेसको साथ विना नै इजरायलले आफ्ना नागरिकको रक्षा गर्ने उनले बताएका छन् ।