Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजदेवी पूजाको सम्पूर्ण तयारी

बोकाबली शुल्क २ सयबाट बढाएर ३ सय पुरयाइयो





जनकपुरधाम ।
विजय दशमी बिहिबारबाट शुरु हुँदैछ । जनकपुरधामको राजदेवी मन्दिर सहित विभिन्न स्थानमा रहेका शक्ति पीठहरुहरुमा विजय दशमीका लागि तयारी चलिरहेको छ ।
जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैंका लागि सिंगारिने काम अन्तिम चरणमा रहेको छ । राजदेवी मन्दिरमा शारदीय नवरात्री पूजाका लागि सम्पूर्ण तयारी पूरा भएको महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले जानकारी दिएको छ ।
राजदेवी मन्दिरको सजावट देखि पूजा तथा त्यसको व्यवस्थापनका लागि यस वर्ष लगभग ५० लाख खर्च हुने अनुमान महावीर युवा कमिटीका अध्यक्ष गुप्ताको छ । दशैंमा महावीर युवा कमिटीको मुख्य अर्थ आर्जनको श्रोत बोका बली रहँदै आएको छ । कमिटीले यस वर्ष बोका बलीको शुल्क २ सयबाट बढाएर ३ सय पुर्याएको छ । आर्थिक मन्दी रहेको र राजदेवी पूजाका लागि कहीँ कतैबाट अन्य आम्दानी नरहेकाले बोकाबली शुल्क बढाउनु परेको अध्यक्ष गुप्ताले बताए ।
शारदीय नवरात्रीको साइत तथा कार्यक्रम यस प्रकार छन् ।