Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बाढीका कारण जनमतको प्रशिक्षण स्थगित

मौसम देखेर आगामी मिति तय गरिने





काठमाडौँ ।
बाढी पहिरोको कारण जनमत पार्टीको प्रशिक्षण कार्यक्रम स्थगित गरियो । असोज १० र ११ गते अविरल वर्षाका कारण प्रशिक्षण कार्यक्रम नै प्रभावित भयो । सो पार्टीले बाढीकै कारण सुनसरी, मोरङ र झापाको प्रशिक्षण कार्यक्रम स्थगित गरेको थियो । स्थगित प्रशिक्षण कार्यक्रम कहिले हुने भन्ने अझै टुङ्गो लागेको छैन ।
तराई मधेसका १६ वटा जिल्लाका लागि प्रशिक्षण कार्यक्रम तय भएको थियो । भदौ ३० गते बर्दियाबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा सप्तरी जिल्लासम्म सम्पन्न भई सकेको छ । जनमत पार्टीका उपाध्यक्ष दीपक साहका अनुसार मौसमको अवस्था हेरेर बाँकी जिल्लाका लागि मिति तय हुनेछ ।
१३ वटा जिल्लामा सम्पन्न भएको प्रशिक्षणमा पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको सैद्धान्तिक तथा वैचारिक प्रशिक्षण दिएको उनले बताए । संगठन निर्माण तथा सुदृढीकरणका लागि पनि यो प्रशिक्षणले काम गरेको बताउँदै उनले दसैँ, तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रम पनि भएको बताए ।
अहिलेको वर्तमान राजनीतिक विचलन, बेथिति र अन्यौलतालाई चिर्न यो प्रशिक्षण सफल भएको जनमत पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश सर्राफले बताए । ग्रास रुटका कार्यकर्तालाई वैचारिक धार, सिद्धान्त र ज्ञान दिने काम यो प्रशिक्षण गरेको बताउँदै उनले प्रशिक्षणले नै कार्यकर्तामा जोस भर्ने काम गरेको बताए ।
ग्रास रुटसम्मको नवीन नेतृत्वलाई सक्षम बनाएर देशमा राजनैतिक, आर्थिक, सामाजिक/सांस्कृतिक रूपान्तरण एवं क्रान्ति गर्ने उद्देश्यले यो प्रशिक्षण सञ्चालन भइरहेको सर्राफले बताए ।