Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बाबर आजमले दिए पाकिस्तानी क्रिकेट टिमको कप्तानीबाट राजिनामा





एजेन्सी ।
बाबर आजमले पाकिस्तान क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिएका छन् । बाजर आजमले सामाजिक सञ्जालमार्फत आफूले कप्तानबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।
आफ्नो पोस्टमा उनले आफ्नो कप्तानी अनुभवलाई अद्भुत भनेका छन् । उनले आफ्ना फ्यानहरूलाई धन्यवाद पनि दिएका छन् । बाबर आजमले सामाजिक सञ्जालमा लेखेका छन्– फ्यानहरू, म आज तपाईंसँग एउटा समाचार साझा गर्दै छु । मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु । उनले अगाडि लेखेका छन्– टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो तर अब मैले पद छाडेर आफ्नो खेलमा ध्यान दिने समय आएको छ । आजमले आफ्नो प्रदर्शनलाई प्राथमिकता दिने उल्लेख गर्नाका साथै आफ्नो परिवारसँग समय बिताउने पनि बताएका छन् ।
उनले लेखेका छन्– तपाईंको समर्थन र ममाथिको विश्वासका लागि म आभारी छु । तपाईंको उत्साह मेरा लागि केही अर्थ छ । उनले थपेका छन्– हामीले मिलेर जे हासिल ग¥यौँ, त्यसमा म गर्व गर्छु र एक खेलाडीका रूपमा टोलीमा योगदान जारी राख्न तत्पर छु ।