Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मुख्यमन्त्री आवास अगाडी नर्सहरुले दिए धर्ना





जनकपुरधाम ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको आवास अगाडि नर्सहरुले धर्ना दिएका छन् । प्रदेश सरकारले सञ्चालन गरेको विद्यालय नर्स कार्यक्रमअन्तर्गत कार्यरत नर्सहरुले पटक–पटक सरकारसमक्ष समस्या राख्दा समेत कुनै मागको सम्बोधन नभएको भन्दै नर्सहरुले धर्ना दिएका हुन् ।
मधेस सरकारले विद्यालय नर्स कार्यक्रमकालागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि बजेट आभावको कारण देखाउँदै कार्यक्रम बन्द गरिएपछि बाध्य भएर धर्नामा बस्नु परेको नर्सहरुले बताएका छन् ।
मधेस सरकारले प्रदेशको प्रत्येक जिल्लाका १० वटा नमुना विद्यालयहरुमा विद्यालय नर्स कार्यक्रम लागु गरेपछि चार वर्षदेखि उनीहरु विद्यालयमा काम गर्दै आएका थिए । तर, यसपटक बजेट पुस्तिकामा सरकारले बजेट थोरै राखेकाले प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले कार्यक्रम नै बन्द गरि दिएको छ ।