

एजेन्सी ।
भारतीय क्रिकेट टिमले बंगलादेशलाई दोस्रो टेस्ट मैचमा बंगलादेशलाई पराजित गर्दै श्रृंखला आफ्नो पक्षमा गरेको छ । भारतले दुई टेस्ट मैचको श्रृंखला २–०ले जितेको हो ।
दोस्रो टेस्टको दोस्रो इनिङ्गमा भारतले पाएको ९५ रनको लक्ष्य ३ विकेटको क्षतिमा पूरा गर्दै बंगलादेशलाई दोस्रो टेस्टमा ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । भारतको जीतमा यशश्वी जयसवालले ५१ रन तथा विराट कोहलीले २९ रनको योगदान गरे ।
यस अघि दोस्रो टेस्टको पहिलो इनिंगमा पहिले ब्याटिङ्ग गर्दै बंगलादेशले मोमिनुल हकको शतकीय पारीको सहयोगमा २ सय ३३ रनको स्कोर खडा गरेको थियो । बंगलादेशकालागि हकले पहिलो इनिंगमा १ सय ७ रनको योगदान गरे ।
जवाफमा भारतले ५२ रनको अग्रता लिदै ९ विकेटको क्षतिमा २ सय ८५ रनको स्कोर खडा गर्दै इनिंग डिकिलयर गरेको थियो । भारतकालागि यशश्वी जयसवालले ७२, केएल राहुलले ६८, विराट कोहलीले ४७ रनको योगदान पहिलो इनिंगमा गरेका थिए ।
पहिलो इनिंगमा ५२ रनले पछाडी परेको बंगलादेश दोस्रो इनिंगमा मात्र १ सय ४६ रनमा समेटिएपछि भारतले जितकालागि ९५ रनको झिनो लक्ष्य पाएको थियो ।
अब भारतले बंगलादेशसंग टि २० श्रृंखला खेल्ने छ ।
