Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दशैँमा पनि मनसुन नबाहिरिने संकेत, दशैँमा सामान्य वर्षाको सम्भावना





काठमाडौँ ।
यसपटकको दसैँमा मौसम सफा नरहने अर्थात् मनसुन नहट्ने सम्भावना बढेको छ । मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो । जुन मिति बुधबार हो ।
तर आगामी ३ दिनसम्म मनसुन बाहिरिने कुनै संकेत नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारी बताउँछन् । ‘हामी सामान्यतया ३ दिनसम्मको मौसम विश्लेषण गर्छाैं, जसका आधारमा भन्नुपर्दा कम्तीमा आगामी ३ दिनसम्म मनसुन बाहिरिने सम्भावना पटक्कै छैन ।’
उनका अनुसार दसैँ आउँदासम्म पश्चिम नेपालमा मौसम केही सफा हुने सम्भावना देखिए पनि मध्य र पूर्वी नेपाल अर्थात् गण्डकीदेखि पूर्व कोसी प्रदेशसम्म वर्षा जारी रहने सम्भावना छ । ‘तर त्यस्तो आत्तिनुपर्ने खालको झरी हुँदैन’, मौसमविद् अधिकारीले भने, ‘हल्कादेखि मध्यमसम्म वर्षा हुनसक्छ ।’
त्यसो त गत वर्षहरूमा पनि मनसुन औसत मितिभन्दा दुई हप्तासम्म ढिलागरी बाहिरिएका उदाहरण पनि छन् ।
मौसमविद्का अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो भने बाहिरिने औसत मिति अक्टोबर २ हो । तर यसपालि मनसुन ३ दिन छिटो अर्थात् जुन १० तारिखमै नेपाल भित्रिएको थियो । नेपालको पूर्वबाट प्रवेश गरेर पश्चिम फैलिँदै जाने मनसुन बाहिरिँदा पनि पूर्वबाटै बाहिरिन्छ । मनसुन बाहिरिएपछि बर्खा सकिएको मानिन्छ । त्यसपछि पोस्ट मनसुन सिजन सुरु हुने मौसमविद् बताउँछन् ।