Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बाढीमा परी मधेसमा ३जनाको मृत्यु, १ जना बेपत्ता





जनकपुरधाम ।
अविरल वर्षासँगै आएको बाढीमा परेर मधेशमा ३ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । आठै जिल्लामा ८ जना घाइते भएकोमा सबैको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
मधेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक सुभाष बोहराका अनुसार सप्तरीमा १ र महोत्तरीमा २ जना गरी तीन जनाको मृत्यु भएको हो । सर्लाहीमा १ जना बेपत्ता छन् । सप्तरी बलान बिहुल गाउँपालिका ४ घर भई राजविराज नगरपालिका–८ मा बस्दै आएका ८ वर्षीय प्रिन्सकुमार साह मृत भेटिएका हुन् ।
त्यस्ते महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीका १६ वर्षीय रोहित साहको सोनी खोलाले बगाएर मृत्यु भएको हो । महोत्तरीकै बर्दिवास नगरपालिका–११ खैरमाराका २१ वर्षीय मानबहादुर थिङलाई खैरमारा खोलाले बगाएर मृत्यु भएको हो ।
सर्लाहीको वाग्मती नगरपालिका–९ सक्रोलका १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाएर बेपत्ता छन् । आठै जिल्लामध्ये रौतहटमा ३, सिरहामा १, सर्लाहीमा १ र बारामा ३ जना घाइते हुँदा उपचारपछि सामान्य अवस्थामा रहेको प्रहरी उपरीक्षक बोहराले बताए ।
प्रहरी उपरीक्षक बोहराका अनुसार ९६ घर परिवारका ४ सय ८८ जना विस्थापित भएका छन् भने बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको छ । उनका अनुसार गौर कारागारमा वाग्मती खोलाको पानी पसेपछि १२ जना महिला थुनुवा÷कैदीलाई नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा सुरक्षित राखिएको छ ।