Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बीपी राजमार्गबाट ८१ जनाको हेलिकप्टरबाट उद्धार, १ हजार बढी उद्धारको पर्खाइमा





काठमाडौं ।
नेपाली सेनाको हेलिकप्टरले काभ्रेको बीपी राजमार्गमा फसेकाहरूको उद्धार सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अहिलेसम्म रोशी गाउँपालिकाको मंगलटार क्षेत्रबाट ८१ जनाको उद्धार गरेर धुलिखेल ल्याइएको छ ।
‘बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्डमा १ हजारभन्दा बढी नागरिक बसेको र उद्धार गर्नुपर्ने अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दिनेशबहादुर कुँवरले भने, ‘सुरुमा नेपाली सेनाको हेलिकप्टर मार्फत मंगलटारमा खाद्यान्न पु¥याएर राजमार्गमा फसेकाहरूको उद्धार सुरु भएको छ ।’ उद्धार गरिएकामध्ये १३ जना बिरामी समेत छन् ।
जिल्लामा ठूला मानवयि र भौतिक संरचना क्षति भए पनि यकिन विवरण संकलन हुँदै गरेको उनले बताए । विभिन्न स्थानीय तहसँग समन्वय गर्ने प्रयास भए पनि विद्युत् र दूरसञ्चार सेवा समेत अवरोध हुँदा समस्या भएको छ । प्रमुख दुई राजमार्ग बीपी र अरनिको सहित अधिकांश स्थानीय तह जोड्न सडक समेत अवरुद्ध छ ।