Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मौसममा सुधार भएपछि जनकपुरधामका विद्यालयहरु सञ्चालित





जनकपुरधाम ।
गएरातिदेखि नै मौसममा सुधार आएपछि जनकपुरधाममा विद्यालयहरु आज पूर्ववतः सञ्चालित भएको छ । शुरुमा प्याब्सन, एनप्याब्सन र हिसानले प्रतिकुल मौसमको कारण देखाइ विद्यालय र क्याम्पस बन्द गर्ने घोषणा गरेका थिए तर मौसम सुधार संगै विद्यालय खोल्ने निर्णय गरेको प्याब्सनका अध्यक्ष दीपक ठाकुरले मोडेल खबरलाई जानकारी दिएका छन् ।
विद्यालय वा क्याम्पस खुलेपनि केही विद्यालयमा विद्यार्थीहरु आवश्यक संख्यामा आएको नदेखिएको निजि विद्यालयका सञ्चालकहरुले बताएका छन् । सामुदायिक विद्यालयहरु पनि पूर्ववतः सञ्चालित छन् । मौसममा सुधार आएको र जनकपुरधाममा त्यति क्षति नदेखिएकोले आफूहरु विद्यालय पूर्ववतः चलाएको जानकारी संकटमोचन मावि जनकपुरधामका प्रधानाध्यापक वलराम साहले जानकारी दिएका छन् ।
विद्यालय सञ्चालनमा आएपनि केही विद्यालयहरुमा परीक्षा थियो त्यो भएन् ।
आज विहानैदेखि पानी परेको छैन साथै घामपनि उदाएको छ ।