Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सप्तकोशीमा पानीको बहाव इतिहासकै दोस्रो उच्च बिन्दुमा

पुल माथिबाटै पानी बग्न थाल्यो





जनकपुरधाम ।
सप्तकोशी नदीको बहाव इतिहासकै दोस्रो उच्च बिन्दुमा पुगेको छ । यसअघि कोशीमा सन १९६८ सालमा कोशीमा आजको भन्दा बढी पानी बगेको थियो । सो बेला ७ लाख ८८ हजार २ सय क्युसेक पानी कोशी ब्यारेज हुँदै बगेको थियो ।
आज साँझ ५ बजे कोशीमा ५ लाख ५७ हजार ३० क्युसेक पानी कोशी ब्यारेजमा मापन गरिएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार ५६ वर्ष यता सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको जनाएको छ ।
अहिले केही पानी ब्यारेज माथिबाट बगिरहेको छ । २०११ सालमा कोशी सम्झौता भएपछि भारत तर्फ पानी लैजानका लागि इन्टेक बनाउन ब्याारेजको निर्माण भएको हो । ब्यारेज पुरानो भएका कारण पटक पटक खतरा हुने चेतावनी दिइँदै आएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार पानी ब्यारेज माथिबाट बगेको बताए ।
ब्यारेज हुँदै पूर्व पश्चिम सडक खण्डमा सवारी साधन सञ्चालन हुने गर्छन् ।
पानीको बहाव उच्च भएका कारण दिउँसोबाट ब्यारेजबाट आवतजावत बन्द गरिएको छ । अहिले ब्यारेजको सबै ५६ वटै ढोका खुल्ला गरिएको छ ।
भारतको बिहार सरकार जल तथा संशाधन विभागले कोशीमा बाढीको बहाव प्रतिसेकेन्ड ६ लाख ८१ हजार ६ सय ३९ क्युसेक पुग्न सक्ने पूर्वानुमान गरेको छ ।
कोशी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । एसपी रेग्मीले ठाउँ ठाउँमा उद्धार टोली पनि परिचालन गरिएको जानकारी दिए ।
पहाडी जिल्लाहरूमा वर्षा नरोकिएका कारण बहाव अझै बढ्न सक्ने अनुमान छ । २ दिनयताको अविरल वर्षाका कारण सप्तकोशीसहित पूर्वका विभिन्न खोला तथा नदीहरुको बहाव अत्यधिक बढेको छ ।