Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विपदमा परी घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्ने





काठमाडौं ।
सरकारले विपद्मा परेर घाइते भएकाहरुको निशुल्क उपचार गर्ने भएको छ ।
कार्यवाहक प्रधानमन्त्रीले राखेका आकस्मिक बैठकले घाइतको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
तत्काल अवरुद्ध भएका सडकहरु सञ्चालन ल्याउन पहल थाल्ने निर्णय भएको बताए । विद्युत, खानेपानी टेलिफोनलगायत अवरुद्ध भएकाहरुको सञ्चालनको सम्बन्धित मन्त्रालयले काम गर्ने बताए ।
मृत्तकको परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने निर्णय भएको पनि बताए ।
उनले, ‘उद्धारको लागि सरकारको सबै संयन्त्रले काम गरिरहेको छ । राहत र उद्धारको लागि लाग्न हामीले सम्बन्धित सबै मन्त्रालयलाई भनेका छौं । हामीले क्षतिको मूल्यांकन गरेका छौं । सरकारले क्षतिपूर्ति दिन्छ ।’
समस्यामा रहेकाहरुलाई प्रधानमन्त्री कार्यालयको हटलाइन, नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरीलाई सम्पर्क गर्न आग्रह गरे ।