Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कोशी ब्यारेज कन्ट्रोल रुमद्वारा रेड अलर्ट जारी





जनकपुरधाम ।
कोशीमा पानीको बहाब अत्यधिक बढेपछि कोशी ब्यारेज नियन्त्रण कक्षले ’रेड अलर्ट’ जारी गरेको छ । शनिबार दिउँसो १ बजेको मापनअनुसार कोशी ब्यारेज भएर प्रतिसेकेन्ड ५ लाख २१ हजार क्युसेक पानीको बहाब भइरहेको छ ।
ब्यारेजका ५६ वटै ढोका शनिबार बिहान ८ बजेदेखि नै खोलिएको छ । सन् १९६२ मा कोशी ब्यारेजको संरचना सञ्चालनमा आएपछि ९ लाख ५० हजार क्युसेक पानीको बहाब हुने क्षमता भनिएको थियो ।
तर पछिल्ला दिनहरुमा कोशी ब्यारेजका पुल नजिक बालुवा थुप्रिएका कारण ब्यारेजबाट हुने बहाब क्षमतामा कमी आएको हो ।
वर्षा निरन्तर भइरहेकोले अझै बहाब बढन सक्ने कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। कोशी ब्यारेज पुलमा सर्वसाधारणको सुरक्षाका लागि अस्थायी रूपमा आवतजावतमा रोक लगाइएको छ ।
सवारीसाधनलाई अनुमति दिइएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती नेतृत्वको स्थानीय प्रशासनको टोली कोशी ब्यारेज र कोशीको संरचनाको निरीक्षण गरेका छन् ।