Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सप्तरीमा नालामा डुबेर एक बालकको मृत्यु





जनकपुरधाम ।
सप्तरीमा ढक्कनले नछोपिएको नालामा डुबेर एक बालकको मृत्यु भएको छ ।
राजविराज नगरपालिका ८ का ८ वर्षीय प्रिन्स कुमार साहको शव डुबेको अवस्थामा घर नजिकैको नालामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।
डीएसपी न्यौपानेका अनुसार हिजो घर नजिकै खेलिरहेको अवस्थामा बालक बेपत्ता भएका थिए । खोजबिनको क्रममा शनिबार बिहान ९ बजे घर नजिक ढक्कन खुल्ला रहेको नालामा बालकको शव भेटिएको डीएसपी न्यौपाने जानकारी दिए ।
बालकको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।