Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

देशभर २२ राजमार्ग अवरुद्ध





काठमाडौँ ।
अविरल वर्षाका कारण देशभर २२ ठाउँका सड्क अवरुद्ध भएको छ । पहिरोका कारण पृथ्वी राजमार्ग, मध्यम पहाडी लोकमार्थ, वीपी राजमार्ग र सिद्धार्थ राजगमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीका सह प्रवक्ता (एसएसपी) विश्व अधिकारीले बताए ।
काठमाडौँ उपत्यका जोड्ने सिस्नेरी, लेले र बल्खु–फर्पिङ सड्क खण्ड अवरुद्ध भएको छ । कोशी प्रदेश स्थित राँके–भेडेटार, मध्य पहाडी लोकमार्ग र दिक्तेल–गाईघाट सडक अवरुद्ध छ ।
बागमती प्रदेश स्थित कान्ति लोकपथ, पासाङल्हामु राजमार्ग, बिपी राजमार्ग, भिमफेदी–कुलेखानी सड्क, मध्य पहाडी लोकमार्ग र त्रिभुवन राजपथ बन्द छन् । कुलेखानी–मार्खु सड्क र मदन भण्डारी राजमार्ग पनि बन्छ छ । गण्डकी प्रदेश स्थित म्याग्दीको बेनी–दर्बाङ सड्क खण्ड र कालिगण्डकी करिडोर अवरुद्ध छ । लुम्बिनी प्रदेश स्थित सिद्धार्थ राजमार्ग, गोरुसिङ्गे–सन्धीखर्क सडक र रुकुम–घोराही खण्ड अवरुद्ध भएको छ ।
कर्णाली करिडोर पनि अवरुद्ध भएको र सड्क सुचारु गर्ने प्रयास भइरहेको एसएसपी अधिकारीले जानकारी दिए ।