Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बाढी पहिरोका कारण ललितपुरमा ९ जनाको मृत्यु





काठमाडौं ।
बाढी पहिरोका कारण ललितर जिल्लाका विभिन्न ठाउँमा मात्रै ९ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार ९ जनाको शव फेला पर्नुका साथै ११ जना बेपत्ता भएका छन् ।
‘बाढी पहिरोका कारण जिल्लाका विभिन्न ठाउँहरुमा ९ वटा शव भेटिएको छ, ११ जना वेपत्ता भएका छन्’ एसएसपी खनालले भने ।
उनका अनुसार अहिलेसम्म २८१ जनाको शकुसल उद्धार गरिएको छ । सानेपा क्षेत्रबाट ७७, नख्खु हार्मोनी कोलोनीबाट १४, नख्खिपोट क्षेत्रबाट १५, बुङ्मती क्षेत्रबाट ७५, चापागाउँ क्षेत्रबाट ५५, इमाडोल क्षेत्रबाट २८ र युएन पार्क क्षेत्रबाट १ जना गरी २८१ जनाको उद्धार गरिएको उनले बताए । उद्धारमा प्रहरीका मात्रै ११ सय जनशक्ति परिचालन गरिएको उनले बताए ।