Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकामा शक्तिशाली आँधीका कारण अहिलेसम्म ४३ जनाको मृत्यु





एजेन्सी ।
दक्षिण–पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ । बाढीको पानीमा फसेका मानिसहरूलाई उद्धार गर्न डुङ्गा, हेलिकप्टर र ठूला सवारीसाधन प्रयोग भइरहेको अधिकारीहरूले बताएका छन् ।
तीमध्ये टेनेसी अस्पतालको छतमा फसेका करिब ५० कर्मचारी र बिरामीलाई बाहिर निकाल्ने प्रयास भइरहेको बीबीसीले जनाएको छ ।
बिहीबार राति तटमा ठोक्किएपछि फ्लोरिडामा आएको यो आँधी अहिलेसम्मकै शक्तिशाली आँधी भएको बताइएको छ । अहिले यो जर्जिया र क्यारोलिनातर्फ सरेको छ । आँधीका कारण अर्बौं डलरको नोक्सानी भएको बीमा कम्पनी तथा वित्तीय संस्थाले बताएका छन् ।