Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संसदमा लैगिंक समानता, सामाजिक समावेशीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम

संसदमा ऐन कानुन बनाउँदादेखि समितिहरु बनाउनमा पनि महिलालाई स्थान दिन कन्जुस्याइ गरेको आरोप





जनकपुरधाम ।
संसदमा लैगिंक समानता, सामाजिक समावेशीकरण र मानअधिकारको प्रभाव विश्लेषण औजार सम्बन्धि अन्तरक्रिया कार्यक्रम आज एक समारोहका बीच सम्पन्न भएको छ ।
युएनडिपी संसद सहयोग परियोजनाको सहयोगमा सिआइसी धनुषाद्वारा आयोजित सो कार्यक्रममा वक्ताहरुले संसदमा ऐन कानुन बनाउँदादेखि समितिहरु बनाउँदा पनि महिला स्थान दिनमा कन्जुस्याइ गरेको आरोप लगाएका छन् । प्रदेश सांसद अञ्जना पण्डितले हरेक स्थानमा महिलालाई ५० प्रतिशत स्थान दिनुपर्छ बताइन ।
प्रशिक्षकको रुपमा काठमाडौवाट आउनु भएका लैगिंक विज्ञ डा. योगेन्द्र रिजालले महिलाले ऐन कानुन बनाउँदा आफै सहभागिता बनाउन तर्फ अग्रसरता देखाउनु पर्ने उल्लेख गर्नुभयो । उहाँले महिलालाई पुरुष सरह समान अवसर नदिएसम्म देश उन्नति तर्फ बढन नसक्ने समेत उल्लेख गर्नुभयो ।
युएनडिपी संसद परियोजनाका बिट्टु श्रीवास्तवले संसदमा महिलाहरु कसरी प्रस्तुत हुन्छ त्यसका लागि आफूहरु विभिन्न कार्यक्रमहरु गरिरहेको बताउनुभयो । हाम्रो कार्यक्रममा मधेश प्रदेशसभाले महत्वपूर्ण सहयोग गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।
सिआइसी धनुषाका अध्यक्ष संजय साहले महिला सांसदहरु जुनरुपमा आफना समस्या राखीरहेका छन् त्यो यो कार्यक्रमको महत्वपूर्ण पार्ट रहेको बताउनुभयो । प्रदेशसभाले कानुन बनाउन महिलालाई नजरअन्दाज गर्ने परिपाटी समप्त गर्नुपर्छ उहाँको कथन थियो ।