Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ऐन संसोधन गर्न स्थानीय तह सहायक चौथो तहका कर्मचारीहरुको माग





जनकपुरधाम ।
स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन संशोधन गर्न माग गर्दै स्थानीय तहका सहायक चौथो तहका कर्मचारीहरुले ज्ञापन पत्र बुझाएका छन् ।
हाम्रो मनोबल गिराउने गरी ऐन ल्याइएको भन्दै कर्मचारीहरुले मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् । स्थानीय सेवा को गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रमाणीकरण भई राजपत्रमा समेत प्रकाशित भई सकेको छ । ऐन प्रमाणिकरण भईसकेको अवस्थामा ती कर्मचारीहरुले मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् ।
‘आम जनता तथा राष्ट्रसेवक कर्मचारीहरूलाई समान सेवा र समान वृत्ति विकासको अवसर पाउनु पर्ने हाम्रो संबैधानिक अधिकार हो, सबै तह सेवाका कर्मचारीहरूको सामान हक Þअधिकार र वृत्ति विकास स्थापित हुने गरी तथा नितिगत रुपमा लागू हुनुपर्ने मा यस ऐनले सो विपरीत निश्चित समुहलाई लक्षित गरी एकपक्षीय देखाएकोमा हाम्रो आपत्ति छ्र’ ज्ञापन पत्रमा उल्लेख छ । ऐनका बिभिन्न दफा उपदफाले केही निश्चित समूहका कर्मचारीलाइ बिना प्रतिस्पर्धा२÷२ तहसम्म स्तर वृद्धि गर्दा हामी सहायक चौथों तहका कर्मचारीलाई सो अवसरबाट बञ्चित गरिएको ज्ञापन पत्र मार्फत आरोप लगाइएको छ ।