Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सभापति लामिछाने पक्राउ पर्ने चर्चाका बिच रास्वपाले बोलायो केन्द्रिय समितिको बैठक





काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहानको ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
बैठकमा छलफलका लागि ६ एजेण्डा तय भएको छ । बैठकमा समसामयिक राजनीतिक गतिविधि, चीन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचनबारे, महाधिवेशन केन्द्रित गतिविधि र विविध विषयमा छलफल हुने उनले बताए ।
पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणको विषयलाई लिएर पक्राउ तयारी भएको चर्चापछि रास्वपामा तरंग पैदा भएको छ । सभापति लामिछाने पक्राउ पर्ने चर्चापछि चीन भ्रमणमा गएका नेताहरू पनि छोट्याएर फर्किएका छन् ।
सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नभएको संसदीय समितिले ठहर गरेपछि राजनीतिक प्रतिशोध राखेर आफूलाई पक्राउ गर्न खोजिएको लामिछानेको आरोप छ ।