Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हिजबुल्लाहबिरुद्ध सम्पूर्ण शक्ति लगाउन इजरायली प्रधानमन्त्री नेतान्याहुको निर्देशन





एजेन्सी ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सेनालाई हिजबुल्लाहविरुद्ध पूर्ण शक्तिका साथ आक्रमण गर्न आग्रह गरेका छन् । अमेरिकालगायत इजरायलनजिकका अन्य देशले युद्धविरामका लागि अनुरोध गरिरहेका बेला इजरायली प्रधानमन्त्री नेतान्याहुले अझ युद्ध चर्काउने कुरा गरेका हुन् ।
लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ९२ जनाको ज्यान गएको जनाएको छ । लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा रहेको एउटा भवनमा भएको हवाई हमलामा आफ्नो ड्रोन युनिटका प्रमुख मोहम्मद सुरुर पनि मारिएको हिजबुल्लाहले जनाएको छ ।
बुधबार अमेरिका, बेलायत र युरोपेली संघले तीन साताका लागि युद्धविराम गर्न अपिल गरेका थिए । तर इजरायलले यो प्रस्ताव अस्वीकार गरेको छ । न्युयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहुले आफ्ना सबै लक्ष्य हासिल नगरेसम्म युद्ध नरोकिने बताएका छन् ।
नेतन्याहुले आफ्नो लक्ष्य गत वर्ष अक्टोबरमा हमासको आक्रमणका कारण देशको उत्तरी भागबाट विस्थापित नागरिकलाई सुरक्षित फिर्ता गर्नु भएको बताए ।